free website hit counter

सिटिजन लाइफद्वारा मृत्यु दावी भुक्तानी

beemaadmin
२०८१ श्रावण ११, शुक्रबार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बागलुङ शाखाले स्वर्गीय टिकाराम बिकको परिवारलाई घरमै पुगेर मृत्यु दावी बापतको रकम हस्तान्तरण गरेको छ । सिटिजन सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बागलुङ शाखामा बीमा गरेका टिका राम बिकको मृत्यु भएसँगै कम्पनीले मृत्यु दावी भुक्तानी वापतको रकम परिवारलाई हस्तान्तरण गरिएको हो । बाग्लुङ नगरपालिका वडा नम्बर ७ घर भएका मृतकका परिवारलाई घरमै पुगेर ५ लाख ९५ हजार ५०० रुपैयाँको चेक हस्तान्तरण गरेको शाखा प्रमुख कमला शर्माले बताइन् । बिक ले २०७७ चैत्रमा ५ लाख विमाँकको बीमा गरेका थिए । कम्पनीले हकवाला श्रीमती माया बिक लाई बीमा दावी रकम हस्तान्तरण गरेको हो । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बागलुङ क्षेत्रका क्षेत्रिय प्रमुख दीपेन्द्र शर्मा लम्सालले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार