free website hit counter

मौद्रिक नीतिको प्रभावले शेयर बजारमा उछाल

beemaadmin
२०८१ श्रावण १३, आईतवार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ११३ अङ्कले बढेको छ । मौद्रिक नीतिपछिको पहिलो कारोबारका दिन नेप्से परिसूचक ११३.४२ अङ्कले बढेर २६८१.५६ बिन्दुमा अडिएको हो । यस दिन बजारमा ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता सेयरको खरिदबिक्री हुँदा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ । आइतबार तीव्र उछाल आएको बजारमा आज बैङ्कहरूको सेयर मूल्य सर्किट लेबलमा कारोबार भएको छ । यस दिन नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल एसबीआईै बैंक, सानीमा बैंक, एनएमबी बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक, प्राइम बैंक, कृषि विकास बैंक र नेपाल बैंक गरि १० वटा वाणिज्य बैङ्कहरूको सेयर मूल्यमा पोजेटिभ सर्किट लगेको छ । भने, उपकार लघुवित्त वित्तीय संस्था र हाथवे इन्भेस्टमेन्ट नेपालको सेयर पनि सर्किट लेबलमा कारोबार भएको छ । आइतबार दोस्रो सर्किट खुलेको एक मिनेट नबित्दै नेप्से परिसूचकले २७०० को बिन्दुलाई पार गरेको थियो । जुन करिब २९ महिनापछि परिसूचकले पार गरेको हो । यसअघि २०७८ फागुन ११ गते नेप्से परिसूचक २७०० बिन्दुमाथि पुगेको थियो । आइतबार प्रि ओपन सेसनबाटै उच्च अंकले बढेको शेयर बजार ११ बजेर १ मिनेटमै पहिलो सर्किट ब्रेक लागेको थियो । पहिलो सर्किट ब्रेक खुलेको दुई मिनेटमै दोस्रो सर्किट ब्रेक लगेर ४० मिनेटका लागि कारोबार बन्द भएको थियो । आइतबार प्रि ओपन सेसनमै नेप्से सूचक ३८ अंकले बढेर २६०६.४२ को बिन्दुमा अडिएको थियो । भने, कारोबार खुलेको १ मिनेटमै अर्थात् ११ बजेर १ मिनेटमै १०२.६८ अंकले बढेर शेयर बजारको कारोबार २० मिनेटका लागि बन्द भएको थियो । दोस्रो सर्किट ब्रेक लाग्दा परिसूचक १२९.०७ अंकले बढेर २६९७.२१ को बिन्दुमा अडिएको थियो । दोस्रो सर्किट ब्रेकसम्म १३ लाख २०५ कित्ता सेयरको खरिदबिक्री हुँदा ५२ करोड ४९ लाख ६३ हजार रुपैयाँको कारोबार भएको थियो । शेयर बजारमा एक घण्टाअघि ४ प्रतिशतले नेप्से परिसूचक बढ्दा २० मिनेटलाई ब्रेक लाग्छ । भने, २ घण्टाअघि ५ प्रतिशतले नेप्से परिसूचक बढ्दा ४० मिनेटका लागि ब्रेक लाग्छ । मौद्रिक नीतिले बैंकहरुको नाफा वृद्धिमा सहयोग गरेको छ । जहाँ बैंकहरुले साउनको ब्याज आम्दानी पनि गत वर्षकै ब्यालेन्स सिटमा गणना गर्न पाउने व्यवस्था गरिएको छ । यसका साथै मौद्रिक नीतिले सेयर धितो कर्जामा संस्थागत लगानीकर्ताका लागि लगाइएको २० करोडको क्याप पनि हटाइएको छ । यसले गर्दा पनि बैंकहरुको शेयर मूल्यमा उछाल आएको जानकारहरू बताउँछन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार