free website hit counter

सूर्योदय वोमी लघुवित्तको एफपीओ आज बाँडफाँट

beemaadmin
२०८१ श्रावण १६, बुधबार

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तको वित्तीय संस्थाको एफपीओ आज बाँडफाँट हुने भएको छ । संस्थाको एफपीओ बाँडफाँट निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको नागपोखरीमा रहेको कार्यालयमा बिहान ८ बजे हुनेछ । संस्थाले गत साउन ४ गतेदेखि ८ गतेसम्म कुल ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ हजार ७२९.५४५० कित्ता एफपीओ सेयर निष्कासन गरेको थियो । सीडीएसीको तथ्यांकअनुसार यो एफपीओ खरिदका लागि १६ लाख ५६ हजार ८२६ आवेदकहरुबाट २ अर्ब ३८ करोड ३७ लाख ९० हजार रुपैयाँबराबरको २ करोड ३८ लाख ३७ हजार ९०० कित्ता सेयरका लागि आवेदन माग भएको छ । यसमा ४ हजार ६७३ जनाले १० कित्ताका दरले एफपीओ सेयर पाउने छन् । यस हिसाबले १६ लाख ५२ हजार १५३ जनाको हात खाली हुने भएको छ । साविकको सूर्योदय र वोमी लघुवित्त मर्ज भई बनेको यो संस्थाको कुल चुक्तापूँजी ९१ करोड ७ लाख ८२ हजार ५०८।५० रुपैयाँमा संस्थापक सेयरधनीको स्वामित्व ७०।३६ प्रतिशत र सर्वसाधारण समूहको स्वामित्व २९.६४ प्रतिशत रहेकाले सर्वसाधारणतर्फको हिस्सा बढाई ३० प्रतिशत पुर्याउनका लागि संस्थाले एफपीओ जारी गरेको हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार