free website hit counter

सिटिजन्स बैंकको नाफा १ अर्ब ३४ करोड

beemaadmin
२०८१ श्रावण १९, शनिबार

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब ३४ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.९७ प्रतिशतले घटी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी सामान्य घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.४४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २८.३१ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १.५७ प्रतिशत बढेको छ। बैंकको निष्क्रिय कर्जा ३.९९ प्रतिशतबाट बढेर ४.०७ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज १ अर्ब २१ करोडबाट बढेर १ अर्ब ७६ करोड पुगेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा १९.३२ प्रतिशत र खुद नाफा करिब २८ प्रतिशत घटेको हो। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ६७ पैसा घटेर ९ रुपैयाँ ४५ पैसामा झरेको छ। असार मसान्तसम्म ६१ करोड ६१ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको यस बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३४ पैसा रहेको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ८१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.४७ गुणा रहेको छ। १४ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ३५ करोड ७० लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ खर्ब ८९ अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार