free website hit counter

सलिकोले माग्यो २ दर्जन बढी कर्मचारी

beemaadmin
२०८१ श्रावण २२, मंगलवार

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स सलिकोले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदका लागि २ दर्जन भन्दा बढी कर्मचारी माग गरेको हो । कम्पनीले एक्चुअरीयल एनालिष्ट एक जना, बजार व्यवस्थापक तथा सहायक व्यवस्थापक ५ जना र बजार सहायक व्यवस्थापक पदका लागि १० जना कर्मचरी माग गरेको हो । यसैगरी, बजार व्यवस्थापन डिपार्टका लागि सिनियर अफिसर, अफिसर र जुनियर अफिसरका लागि पनि केही कर्मचारी आवश्यक रहेको कम्पनीले जनाएको छ । सोहि डिपार्टमा जुनियर एसिस्टेन्ट, एसिस्टेन्ट र सिनियर एसिस्टेन्ट आवश्यक रहेको कम्पनीले उल्लेख गरेको छ । यसैगरी डु नट केयर डेभलपमेन्ट पदका लागि २ र कृषि प्राविधिक ३ जना कर्मचारी आवश्यक रहेको कम्पनीले उल्लेख गरेको छ । कृषि प्राविधिक भने भोजपुर, मुगु र जाजरकोट शाखाका लागि कर्मचारी आवश्यक रहेको जनाइएको छ । जसका लागि एसईई वा सो सरहको शैक्षिक योग्यता हालिस गरेको र जेटीए पास गरेको हुनुपर्ने उल्लेख छ । अन्य पदका लागि स्थानक तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । इच्छुकले कुमारी जब डटकमको इमेइलमा अनलाईनबाट नै आवेदन दिन सकिने छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार