free website hit counter

सोनापुर मिनरल्सको नाफा ऋणात्मक

beemaadmin
२०८१ श्रावण ३१, बिहीबार

काठमाण्डौ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनी घाटामा गएको छ । कम्पनी यो अवधिसम्म ४६ करोड ९२ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी २ करोड ६२ लाख रुपैयाँ नाफामा रहेको थियो । कम्पनी चौथो त्रैमाससम्म १ अर्ब ६३ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५.२२ प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले १ अर्ब ७३ करोड रुपैयाँ आर्जन गरेको थियो । कम्पनीले ६ लाख २१ हजार रुपैयाँ अन्य आम्दानी गरेको छ । इन्धनको मुल्यमा भएको अत्याधिक वृद्धिको निरन्तरता, कोइलाको मूल्यमा वृद्धि, चर्को बैक व्याजदर, भौतिक विकास निर्माणमा बजेट खर्च कम हुनु, बजारमा प्रतिषपर्धा तथा विद्यमान आर्थिक मन्दिको कारण घरेलू खपत न्युन हुनु आदि कारणले उत्पादन लागत बढ्न गएको तर त्यसको तुलनामा उत्पादनले उचित बजार मुल्य पाउन नसकेका कारण कम्पनी घाटामा गएको कम्पनीले जनाएको छ । यस्तो परिप्रेक्षमा यसको सामना गर्न विद्यमान ग्राहकको संरक्षण गर्दै सम्भावित ग्राहक तथा ग्राहक क्षेत्रको पहिचान गरी त्यस क्षेत्रमा आफ्नो बजार बिस्तार गर्ने नीति लिईएको कम्पनीले जनाएको छ । कम्पनीको बिक्री तथा वितरण खर्च १ करोड ६७ लाख रुपैयाँ,ह्रासकट्टी खर्च ८ करोड ५३ लाख र प्रशासनिक खर्च १२ करोड ३ लाख रुपैयाँ रहेको छ । कम्पनीको सञ्चालन मुनाफा १३ करोड ४६ लाख रुपैयाँले ऋणात्मक छ । कम्पनीको रिजर्भको आकार २९ करोड २१ लाख रुपैयाँ कायम भएको छ । यस्तै कम्पनीले सेक्युरिटी प्रिमियममा १ अर्ब ६५ करोड रुपैयाँ सञ्चित गरेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १५.२६ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ १६३.२४,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३९८.७८ रुपैयाँ र तरलता अनुपात १.०८ प्रतिशत कायम भएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार