free website hit counter

किन लाग्दैछ सुनको मूल्य उकालो ?

beemaadmin
२०८१ भाद्र ८, शनिबार

काठमाडौं । आफ्नै रेकर्ड ब्रेक गर्दै सुनको मूल्य आकासिनेक्रम जारी छ । पछिल्लो केहि साताझै यो साता पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाली बजारमा पनि यो साता सुनको मुल्यले रेकर्ड पछि रेकर्ड बनायो । बुधबार सुन हालसम्मकै महंगो मूल्यमा कारोबार भएको थियो । त्यस दिन, सुन तोलाकै एक लाख ५३ हजार रूपैयाँको उचाइमा पुगेको हो । खासगरी, यो साता सुनको भाउ प्रायजसो सस्तिएको देखियो । यस साता सुनको मूल्यले नयाँ रेकर्ड बनाएर साताको अन्तिममा फेरि ओरालो लागेको थियो । साताको पहिलो दिनको तुलनामा साताको अन्तिम दिनसम्म सुन तोलामा एक हजार २०० रूपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो कारोबार दिन, आइतबार रेकर्ड राख्दै सुन तोलाको एक लाख ५२ हजार ६०० रूपैयाँमा खरिदबिक्री भएको थियो । तर त्यसपछि लगातार २ दिन सुनको भाउ घट्यो । सोमबार सुन प्रतितोला एक लाख ५२ हजार ३०० रूपैयाँमा र मंगलबार एक लाख ५२ हजार २०० रूपैयाँमा झरेको थियो । तर बुधबार भने पुनः सुनको भाउ उच्चस्तरमा पुग्यो । यद्यपि त्यसयता भने सुनको भाउमा गिरावट देखियो । बिहीबार प्रतितोला एक लाख ५१ हजार ९०० रूपैयाँमा झरेको सुन शुक्रबार एक लाख ५१ हजार ४०० रूपैयाँमा झर्यो । यो साता चाँदीको मूल्य पनि सामान्य बढेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला एक हजार ८१० रुपैयाँ तोकिएको थियो । सोमबार चाँदी स्थिर रहेर मंगलबार र बुधबार बढेर प्रतितोला एक हजार ८३५ रूपैयाँसम्म पुग्यो । त्यसपछि, बिहीबार केहि घटेर तोलाको एक हजार ८३० रूपैयाँमा झरेको थियो । यसैगरी, चाँदीको मूल्य शुक्रबार फेरि सस्तिएर प्रतितोला एक हजार ८१५ रुपैयाँ कायम भयो । यसरी साताभरीमा चाँदीको भाउ पाँच रूपैयाँले महंगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकमा देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको द्धन्दको प्रभावका कारण सुनको भाउ बढेको महासंघले जनाएको छ । अमेरिकी अर्थतन्त्रमा देखिएको सुधार र शेयर बजारको वृद्धिले पनि सुन बजारमा प्रभाव परेको विश्लेषकहरुको भनाई छ । सोहि प्रभाव नेपाली सुन बजारमा पनि परेर सुनको भाउ वृद्धि भएको हो। विश्व बजारमा साताको चौथो दिन अर्थात् बुधबार नयाँ उचाइमा पुगेको मूल्य त्यस पछिका दिनमा अल्पकालिन लगानीकर्ताले नाफा बुक गर्न थालेपछि भने मूल्य सामान्य घट्यो । शुक्रबार सुनको भाउ प्रतिअउन्स २ हजार ५०१ डलर बराबरमा किनबेच भयो । त्यस दिन, सुन करिब १४ डलरले बढेको तथ्यांकमा देखिन्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार