free website hit counter

नेशनल लाइफ इन्स्योरेन्सको कूल बीमा शुल्क वृद्धि

beemaadmin
२०८१ भाद्र ८, शनिबार

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्सले कूल बीमाशुल्क १६.६६ प्रतिशतले वृद्धि भएको जानकारी दिएको छ । कम्पनीको शुक्रबार सम्पन्न ३६ औं वार्षिक साधारणसभामा अध्यक्ष प्रेमा सिंहले सो जानकारी गराएकी हुन् । उनका अनुसार आव २०७९–०८० मा कम्पनीको सबै वित्तीय सूचाङ्कहरु उत्साहप्रद रहेका छन् । जसअनुसार कम्पनीको कूल बीमाशुल्क १६.६६ प्रतिशतले बृद्धि हुँदा रु १,६८०.९० करोड पुगेको छ । यस्तै समिक्षा वर्षको संचालनवाट जम्मा रु ९३१.८३ करोड खूद थप रकम कूल बीमा करार दायित्वमा सारिएको छ भने कूल बीमा करार दायित्व गत वर्षको तुलनामा १७.७६ प्रतिशतले बृद्धि भई वर्षान्तमा रु ६,५४०.४० करोड पुगेको छ । यस्तै कूल लगानी १५.७२ प्रतिशतले बृद्धि भई रु. ४,९७८.२० करोड पुगेको कम्पनीले जनाएको छ । कम्पनीले ब्यवसायीक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्व बीचको सन्तुलनलाई निरन्तरता दिई नियमनकारी निकायको निर्देशन अनुसार खूद नाफाको १ प्रतिशतले रु ९७,३३,१५० बराबर रकम सामाजिक उत्तरदायित्व जगेडामा स्थानान्तर गर्न सफल भएको पनि जनाएको छ । यस्तै ३६ औं वार्षिक साधारणसभाले आव २०७९–०८० को लागि अद्यावधिक चुक्ता पूँजी रु ५,०१,१६,६६,४२५ मा १० प्रतिशतका दरले नगद लाभांश रु. ५०,११,६६,६४२।५० र ४ प्रतिशतका दरले वोनस शेयर लाभांश रु २०,०४,६६,६५७ साथै उक्त नगद एवं वोनस लाभांशमा कर प्रयोजनको लागि रु ३,६९,२८,०६८.३९ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पूँजी रु ५ अरब पुर्याउनुपर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हालको कायम रहेको चुक्ता पूँजी रु ५,०१,१६,६६,४२५ मा ४ प्रतिशतको वोनस शेयर थप भई कूल चुक्ता पूँजी रु ५,२१,२१,३३,०८२ पुगेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार