free website hit counter

दोधारा चाँदनीमा सनराइज बैंक

beemaadmin
२०७६ पुष २२, मंगलवार

दोधारा । देशैभर बैकिङ शाखा सञ्जाल विस्तारको अभियानमा रहेको सनराइज बैंक सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला स्थित दोधारा चाँदनीमा शाखा विस्तार गर्न पुगेको छ । सो शाखाको उद्घाटन महाकाली नगरपालिकाका मेयर वीरबहादुर सुनार र बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादवले गरेका छन् । उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा बैंकका नायव महाप्रबन्धक अपछकुमार यादवले बैंकिङ्ग प्रणालीमा सबैको पहुँच पुर्याउनका लागि बैंकिङ्ग प्रक्रियालाई सरल र सहज बनाउन आवश्यक रहेको बताए ।

कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आगामी दिनमा पनि  यस क्षेत्रमा बैंकले थप लगानी गर्दै जाने जानकारी दिए ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार