काठमाडौं । देशका सबै स्थानमा आफ्नो उपस्थिति जनाउन शाखा विस्तारमा अग्रसर रहेको एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न क्षेत्रमा छूटका कार्यक्रम थप गर्नेक्रम जारी राखेको छ । अब एनआईसीका ग्राहकले फुडमाण्डूबाट खानेकुरा अर्डर गर्दा ३० प्रतिशत छुट पाउने भएका छन् । बैंकका ग्राहक फुडमान्डुबाट आफुलाई ईच्छा लागेको खानेकुरा अर्डर गर्दा बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गरी भुक्तानी गर्दा सो छुट पाउने व्यवस्था मिलाइएको हो ।
फुडमान्डु प्रालिको अनलाइन फुड फेस्टिभल २०२० मा बैंकिङ्ग साझेदार भएसँगै एनआईसी एशिया बैंकका ग्राहकले उक्त छुट पाउने व्यवस्था मिलाइएको हो । दुई कम्पनीबीच सोसम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौताअन्तर्गत अनलाइन फुड फेस्टिभल २०२० मा बैंकको मोबाईल बैंकिङ्ग एप प्रयोग गरी क्युआर कोर्ड मार्फत् भुक्तानी गर्दा बैंकका ग्राहकहरुले ३० प्रतिशत छुट पाउने भएका हुन् । यो अफर पुस २१ गतेदेखि पुस २७ गतेसम्म लागू हुने बताइएको छ ।