free website hit counter

४ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्दै

beemaadmin
२०८१ आश्विन २, बुधबार

काठमाडौँ । बुधबार नेपाल स्टक एक्सजेन्ज नेप्सेमा गिरावट आएको छ । नेप्सेका अनुसार यस दिन परिसूचक ४ अंकले घट्दै २ हजार ५७६.७६ को बिन्दुमा अडिएको हो । यसअघिको कारोबार सोमबार पनि नेप्से ५७ अंकले घटेको थियो । मंगलबारको काठमाडौँ उपत्यकामा सार्वजनिक बिदापछि खुलेको बजार पनि घट्दा कारोबार समेत खुम्चिन पुगेको छ । बुधबार ५ अर्ब ६६ करोड हाराहारीको कारोबार मात्रै भएको नेप्सेले जनाएको छ । यस दिन सबैभन्दा बढी सीईडीबी हाइड्रोपावरको सेयर कारोबार हुँदा १९७ कम्पनीले घाटाको कारोबार गरे । नेप्सेका अनुसार कारोबारको अन्तिमसम्म आइपुग्दा बुधबार बैंकिङ र निर्जिबन समूहबाहेकका सेयर घट्न पुग्यो ।

सम्बन्धित समाचार