free website hit counter

४ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्दै

beemaadmin
२०८१ आश्विन २, बुधबार

काठमाडौँ । बुधबार नेपाल स्टक एक्सजेन्ज नेप्सेमा गिरावट आएको छ । नेप्सेका अनुसार यस दिन परिसूचक ४ अंकले घट्दै २ हजार ५७६.७६ को बिन्दुमा अडिएको हो । यसअघिको कारोबार सोमबार पनि नेप्से ५७ अंकले घटेको थियो । मंगलबारको काठमाडौँ उपत्यकामा सार्वजनिक बिदापछि खुलेको बजार पनि घट्दा कारोबार समेत खुम्चिन पुगेको छ । बुधबार ५ अर्ब ६६ करोड हाराहारीको कारोबार मात्रै भएको नेप्सेले जनाएको छ । यस दिन सबैभन्दा बढी सीईडीबी हाइड्रोपावरको सेयर कारोबार हुँदा १९७ कम्पनीले घाटाको कारोबार गरे । नेप्सेका अनुसार कारोबारको अन्तिमसम्म आइपुग्दा बुधबार बैंकिङ र निर्जिबन समूहबाहेकका सेयर घट्न पुग्यो ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार