free website hit counter

लिबर्टी माइक्रो लाइफद्वारा बीमा अभिकर्ता तालिम सम्पन्न

beemaadmin
२०८१ आश्विन ८, मंगलवार

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले लघु जीवन बीमा अभिकर्ताको आधारभुत तालिम आयोजना गरेको छ । कम्पनीको वीरगंज शाखा कार्यालय पर्साले जीवन बीमा अभिकर्ता तालिम संचालन गरेको हो । देशको विकट तथा दूर दराजमा आफ्ना लघु जीवन बीमा योजनाहरुको बिक्री वितरण तथा सेवा दिँदै लघु जीवन बीमा सम्बन्धी जन चेतना बढाउदै न्यून आय रहेका व्यक्तिहरुको दिगो आर्थिक उन्नति सुनिश्चित गर्ने उद्देश्यले देशका बिभिन्न ठाँउमा पुगी लघु जीबन बीमाको माध्यमबाट लक्षित वर्ग समुदायको भविष्य सुनिश्चित पार्ने कार्यमा कम्पनी लागि परेको छ ।यस कम्पनीले डिजिटल माध्यमहरुको उपयोगद्वारा कम्पनीको बीमा योजनाहरु छिटो, सहज तथा सरल ढंगले बीमा सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले आफ्नो ग्राहकहरुको आवश्यकता अनुसार नविनतम बीमा योजनाहरु बजारमा ल्याई सो बीमा योजना मार्फत व्यक्तिगत तथा सामुहिक स्तरमा बीमा सेवा दिने प्रयासमा निरन्तर लागेको छ । हालै कम्पनीले बीरगंज, लमजुंग, कुश्मा, तनहुँ, गैंडाकोट, रुपन्देही, नेपालगंज, बिराटनगर, लमही, दाङ लगायत देशका विभिन्न ठाउँहरुमा जीवन बीमा सचेतना तथा अभिकर्ता तालिम कार्यक्रमहरु सक्रिय रुपमा अघि बढाउदै गाउँ गाउँ घर घरमा बीमा पहुँच पुर्याउन लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स अघि बढीरहेको छ । यसै सन्दर्भमा यस कम्पनीले लघु जीवन बीमा अभिकर्ताको पेसामा आबद्ध हुन इच्छुक व्यक्तिहरुका लागि हाल देशैभरि तालिमहरु सञ्चालन गर्दैछ । तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरुले कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको छ ।

सम्बन्धित समाचार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार