free website hit counter

आइएमई लाइफको ब्रान्च स्टार अवार्ड सम्पन्न

beemaadmin
२०८१ आश्विन १०, बिहीबार

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी कोशि प्रदेशमा शाखा स्तरबाट गरिने सम्मान कार्यक्रम असोज ८ गते सम्मन्न भएको छ । संयुक्त रूपमा इटहरि, बिराटचोक, झुम्का, तरहरा र ईनरुवा गरी ५ वटा शाखा तथा उपशाखाका अभिकर्ता , एजेन्सी म्यानेजर चिफएजेन्सीहरुले अघिल्लो आर्थिक वर्ष २०८०र ८१ मा प्रत्येक शाखाबाट प्रथम बीमाशुल्क संकलन गर्नेमध्ये सेल्फ कोडमा प्रथम, दोस्रो र तेस्रो गर्ने र टिमबाट संङ्कलन गर्ने उत्कृष्ट प्रथम, दोस्रो र तेस्रो साथै, अघिल्लो आर्थिक वर्षमा शाखाबाट धेरै पोलिसी संङ्कलन गर्ने मध्ये १ जना र सबै भन्दा धेरै नयाँ अभिकर्ता उत्पादन गर्ने मध्ये बाट एक जनालाई विभिन्न विधामा सम्मान गरिएको हो । कम्पनीका डीसीईओ खिलेन्द्र पौडेलले यी विभिन्न विधामा अवार्ड पाउनलाई मेडल, सम्मान, प्रमाणपत्रको साथमा सम्मान गरेका थिए । सोही कार्यक्रममा केन्द्रीय कार्यलयबाट आएका जोखिमाङ्कन बिभाग प्रमुख सुदिप राणाले सहभागी लाई रिक्स र अन्डरराईटिङ प्रोशेस प्रस्ताव फारम भर्दा र आर्थिक, स्वास्थ्य स्थिति, पारिवारिक स्थिति जस्ता कुरामा अत्यान्तै ध्यान दिनु पर्ने बारे जानकारी दिएका थिए । उनले नेपाल बीमा प्राधिकरणले गारी तथा, संशोधन गरेका कानुनी ऐनको बारेमा र क्लेम कन्डिशन जस्ता महत्वपुर्ण बिषयमा समेत सहभागीलाई जानकारी दिएका थिए । कम्पनीका नव नियूक्त डीसीईओ खिलेन्द्र पौडेल ले विभिन्न बिधामा सम्मानित भएका लिडर्सलाई बधाइ तथा थप सफलताको सुभकामना दिँदै कम्पनीको भावि रणनिति बजारमा आम नागरिकलाई फरक फरक नयाँ र अधिकमात्रको अतिरिक्त सुबिधा सहितका बीमा योजना ल्याएको र यस्ता किसिमका योजना आईरहने ग्राहकको सहजता र सेवा सुविधालाई ध्यानमा राख्दै कम्पनी अगाडी बड्ने बताए । २५० जनाभन्दा बढीको उपस्थिति रहेको कार्यक्रममा उपस्थितीलाई स्वागत मन्तव्य राख्दै कार्यक्रमको औचित्यबारे बिराटचोक शाखा प्रमुख यामनाथ दाहालले राखेका थिए । प्रदेश १ का प्रदेश प्रमुख र डेपुटी म्यानेजर ओम प्रकाश राईले असोज महिनाको एजेन्सी स्किम एमडीआरटी क्लबको बारेमा प्रस्ट पारेका थिए । कार्यक्रमको सञ्चालन प्रदेश कोअर्डिनेटर गान्धि तामाङले गरेको हो ।

सम्बन्धित समाचार