free website hit counter

१ अर्ब २१ करोडको पोलिसी सरेन्डर

beemaadmin
२०८१ आश्विन १५, मंगलवार

काठमाडौं । आर्थिक वर्ष २०८१–८२ को दोस्रो महिना भदौमा जीवन बीमा कम्पनीहरुको ९ हजार बढी बीमालेख त्याग भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार भदौ महिनामा ९ हजार ४४९ वटा बीमालेख समर्पणवापत कुल १ अर्ब २१ करोड २२ लाख रुपैयाँ बीमा कोषबाट बाहिरिएको हो । प्राप्त तथ्याङक अनुसार संचालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये भदौ महिनामा एलआइसी नेपालको सरेन्डर सर्वाधिक देखिएको छ । बीमा पोलिसी सरेन्डर हुनु बीमा क्षेत्रको लागि नकारात्मक सूचक हो । पछिल्लो समय बीमा क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा, फोर्सफुल्ली बीमा पोलिसी खरिद, प्रलोभन लगायत गतिविधीका कारण बीमा पोलिसी सरेण्डरको दर बढ्दै आएको छ । एलआइसी नेपालको २५ सय ८ वटा पोलिसी बराबर ३५ करोड ८१ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको २९ दशमलव ५४ प्रतिशत हिस्सा हो । त्यस्तै, नेपाल लाइफको २ हजार ६८ वटा बीमा पोलिसी वापत ३३ करोड ११ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको २७ दशमलव ३२ प्रतिशत हिस्सा रहेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको १ हजार १० वटा बीमा पोलिसी वापत १० करोड ५८ लाख रुपैयाँ बराबरको पोलिसी समर्पण भएको हो । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ८ दशमलव ७३ प्रतिशत हिस्सा हो । नेशनल लाइफको ५९३ वटा पोलिसी वापत ८ करोड ३४ लाख रुपैयाँको पोलिसी समर्पण भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमकोे ६ दशमलव ८८ प्रतिशत हिस्सा हो । एशियन लाइफको ८८१ वटा बीमा पोलिसी वापत ७ करोड ९६ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ६ दशमलव ५७ प्रतिशत हिस्सा छ । सूर्यज्योति लाइफको ६१६ सय वटा पोलिसी वापत ७ करोड ३८ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ६ दशमलव ०९ प्रतिशत हिस्सा छ । हिमालयन लाइफको ५८९ वटा बीमा पोलिसी वापत ५ करोड ७२ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ४ दशमलव ७३ प्रतिशत हिस्सा छ । सानिमा रिलायन्स लाइफको २०० वटा पोलिसी वापत ३ करोड २० लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो । त्यसैगरी मेट लाइफको २९१ वटा बीमा पोलिसी वापत २ करोड ६६ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । आइएमई लाइफको १६२ वटा बीमा पोलिसी वापत १ करोड ९८ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । प्रभु महालक्ष्मी लाइफको १२९ वटा बीमा पोलिसी वापत १ करोड ६० लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो । सिटिजन लाइफको १९७ वटा बीमा पोलिसी वापत १ करोड २९ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । रिलायबल नेपाल लाइफको १४६ वटा बीमा पोलिसी वापत ९४ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । सन नेपाल लाइफको ५९ वटा बीमा पोलिसी वापत ५७ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो ।

सम्बन्धित समाचार