free website hit counter

दसैँ टीकाको फोटो पोस्ट गरी जित्नुहोस् १० हजार

beemaadmin
२०८१ आश्विन २६, शनिबार

काठमाडौं । नेपालीको महान चाड विजयादशमीको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘हाम्रो परिवार हाम्रो दसैँको टीका’ नामक फोटो प्रतियोगिता गर्ने भएको छ । नेपाली दाजुभाइ तथा दिदीबहिनीमाझ अझ धेरै सद्भाव बढाउने उद्देश्यका साथ कम्पनीले यस्तो प्रतियोगिता आयोजना गर्न लागेको हो । यस प्रतियोगितामा भाग लिन सन नेपाल लाइफको आधिकारिक फेसबुक र इन्स्टाग्राम अकाउन्टलाई लाइक र फोलो गरी आफ्नो परिवारसँग खिचिएको विजयादशमीको टीकाको फोटो आफ्नो फेसबुक र इन्स्टा अकाउन्टमा पोस्ट गरी क्याप्सनमा दसैँको मीठो सन्देश लेखी सन नेपालको आधिकारिक पेजलाई मेन्सन गर्नुपर्नेछ । फोटो पोस्ट गर्दा ह्यास ट्याग (#sunnepallifeinsurance #हाम्रो) दसैँको) टीका भनेर अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ । यसरी फोटो प्रस्तुत गर्नेमध्ये एकजना भागशाली विजेताले १० हजार जित्न सक्ने कम्पनीले घोषणा गरेको छ । दसैँको टीकाको रमाइलो पललाई सबैले मनमा सजाउनुका साथै सामाजिक सञ्जालमा प्रस्तुत गर्दा सन नेपाल लाइफलाई पनि मेन्सन गर्न कम्पनीले आह्वान गरेको छ ।

सम्बन्धित समाचार