free website hit counter

नविल बैंकको ३४ प्रतिशत लाभांश पारित

beemaadmin
२०७६ पुष २४, बिहीबार

काठमाडौं । नविल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ३४ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ ।

बंैकको वार्षिक साधारणसभाले १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो । त्यस्तै बैंकले ११ अर्ब अधिकृत पूँजी पु¥याउने विशेष प्रस्ताव पनि पारित गरेको छ । साधारणसभामा शेयरधनीहरुले शाखा विस्तारसँगै आफ्नै पूँजीबाट बैंकलाई बलियो बनाउनु सुझाव दिएका थिए । शेयरधनीहरुले बैंकले नगद लाभांशभन्दा बोनस शेयरलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।

बैंकका अध्यक्ष शम्भुप्रसाद पौडेलले बैंकसँग भएको जगेडाकोष तथा सञ्चित मुनाफा बलियो भएकाले आवश्यक परेमा ठूलो बैंक हुन कुनै समस्या नरहेको बताए ।

नविल बैंकको जगेडाकोषमा १४ अर्ब १७ कारोड रुपैयाँ रहेको छ । बैंकको लाभांश पारित भएसँगै १० अर्ब ९ करोड ३२ लाख ६६ हजार ८ सय ४८ रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

सम्बन्धित समाचार