free website hit counter

लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै, सुरक्षा व्यवस्था कडा

beemaadmin
२०८१ कार्तिक ४, आईतवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइने भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका लामिछिानेलाई आज अदालतमा उपस्थित गराइने भएको हो । शुक्रबार रास्वपाको पार्टी कार्यालय काठमाडौंबाट पक्राउ परेका रविलाई शनिबार बिहान पोखरा लगिएको थियो । शनिबार सार्वजनिक बिदा भएकाले आइतबार रविलाई अदालत उपस्थित गराइने भएको हो । रविविरुद्ध सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा चलाइएको छ । रविको पक्राउविरुद्ध विरोध प्रदर्शन गरेको रास्वपाले आज पनि जारी राख्ने भएको छ । रास्वपाले सडक प्रदर्शन जारी राखेकाले पोखरामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सहकारी पीडितले पोखरामा प्रदर्शन गर्दै
पोखराका सहकारी पीडितहरूले बचत रकम फिर्ताको माग र न्यायको दबाब स्वरूप आज पोखरामा प्रदर्शन गर्ने भएका छन् । सहकारी पीडित सङ्घर्ष समितिको नाममा सूचना पोस्ट गरेर प्रदर्शनमा सहभागी हुन आह्वान गरिएको छ । रास्वपाका नेता कार्यकर्ताहरूले आफ्नो प्रदर्शनलाई स्वतन्त्र नागरिकहरूको प्रदर्शन भनेपछि सहकारी पीडितहरूलाई पनि अन्य पक्षले साथ दिन थालेका छन् । उनीहरुले आज राष्ट्रबैंक चोकमा ११ बजे प्रदर्शन गर्ने कार्यक्रम तय गरेका छन् । रास्वपाले आफ्ना सभापति रवि लामिछानेको बचाउमा मानवअधिकार चोकमा शनिबार प्रदर्शन गरेको थियो । आज पनि प्रदर्शन हुने नेता उत्तम पौडेलले जानकारी दिए । उनका अनुसार अदालतमा रविलाई पेस गर्ने भएपछि रास्वपा नेता कार्यकर्ताहरू पनि सोही क्षेत्र वरपर भेला हुनेछन् ।

सम्बन्धित समाचार