free website hit counter

आजदेखि समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरु

beemaadmin
२०८१ कार्तिक ५, सोमबार

काठमाडौं । समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आज कात्तिक ५ गतेबाट काठमाडौँमा शुरु हुँदैछ। यो सम्मेलन कात्तिक ९ गतेसम्म चल्नेछ। सम्मेलनका लागि आवश्यक सबै तयारी भइसकेको आयोजक समितिले जनाएको छ। होटल याक एन्ड यतीमा आयोजना हुने सम्मेलनमा विश्वभरका ५० भन्दा बढी मुलुकबाट बीमा, लघु बीमा, समावेशी बीमा र पुनर्बीमासम्बन्धी विज्ञहरुको सहभागिता रहनेछ। सम्मेलनमा गैरसरकारी संस्थाहरु, विकास–सहायता संस्थाहरु, नियामक निकायहरु, नीति विशेषज्ञहरु र बीमा उद्योगका विज्ञहरुसहित विश्वभरबाट ४०० भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ। यी सबै न्यून आय भएका र जोखिममा परेका परिवारहरुका लागि समावेशी बीमा समाधान प्रवर्द्धनको क्षेत्रमा सक्रिय संस्थाहरु हुन् । पहिलोपटक यो सम्मेलनको आतिथ्यताको अवसर पाएको नेपालले सम्मेलनका माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको बीमा बजारलाई चिनाउने अवसरका रुपमा सदुपयोग गर्न खोजेको छ। बीमा बजारलाई चिनाउने र सँगै पर्यटन प्रवर्द्धनमा समेत योगदा पुर्याउन सकिने आयोजकको विश्वास छ। सम्मेलनको २० औँ संस्करण म्युनिख रि फाउन्डेसन र माइक्रोइन्स्योरेन्स नेटवर्कको सहकार्यमा नेपाल बीमक संघ, जीवन बीमक संघ नेपाल, नेपाल लघु बीमक संघ र नेपाल बीमा प्राधिकरणले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन्। भोलिको उद्घाटनसत्रपछि दोस्रो दिन कात्तिक ६ गते पत्रकार सम्मेलन हुनेछ। पत्रकार सम्मेलनमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मन्तव्य राख्नेछन्। बीमक संघका अध्यक्ष चंकी क्षेत्री, म्युनिख रि फाउन्डेसनका उपाध्यक्ष डर्क रेनहार्ड र माइक्रोइन्स्योरेन्स नेटवर्कको बोर्डका अध्यक्ष लोरेन्जो चानले पत्रकार सम्मेलनमा सम्मेलनको उद्देश्यबारेमा प्रकाश पार्नेछन्।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार