free website hit counter

वैद्यनाथ वेद विद्याश्रमलाई आर्थिक सहयोग

beemaadmin
२०७६ पुष २५, शुक्रबार

काठमाडौं । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै इरहेको महालक्ष्मी विकास बैंकले श्री वैद्यनाथक्षेत्र विकास संस्थाद्वारा सञ्चालित वैद्यनाथ वेद विद्याश्रम, अछामलाई एक लाख पचास हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ
बैंकले सनातन धर्म संस्कृति बचाउनका लागि धर्म संस्कृतिको विशद ज्ञान भएका जनशक्ती उत्पादन गर्ने उद्देश्यले स्थापित श्री वैद्यनाथक्षेत्र विकास संस्थाद्वारा सञ्चालित वैद्यनाथ वेद विद्याश्रम, अछामलाई सो रकम सहयोग गरेको हो ।
बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गमा सम्पन्न एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले संस्थाका संरक्षक तथा पूर्व प्रहरी महानिरिक्षक मोतीलाल बोहोरालाई उल्लेखित रकमको चेक हस्तान्तरण गरे ।
बैकले वैद्यनाथ वेद विद्याश्रममा अध्ययनरत विद्यार्थीहरुका लागि खाना, बास, कपडा लगायत अन्य भौतिक सुविधामा सुधार होस भन्ने हेतुले उक्त सहयोग गरेको हो । बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

सम्बन्धित समाचार