free website hit counter

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका तीन जनालाई बोलाइयो

beemaadmin
२०८१ कार्तिक २९, बिहीबार

काठमाडौं । पटक–पटक बिथोलिएको धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया फेरि शुरु भएको छ । अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै अध्यक्ष पदका लागि आवेदन दिएकामध्ये तीन जनालाई मंसिर ९ गते व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको छ । बोर्डका अनुसार अन्तर्वार्ता बिहान ८ बजेदेखि अर्थ मन्त्रालय सिंहदरबारमा शुरु हुनेछ । अन्तर्वार्ताका लागि बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं तथा नेप्सेका सीईओ कृष्णबहादुर कार्कीलाई बोलाइएको हो ।​ अघिल्लो समितिले अघि बढाएको अध्यक्ष छनोट प्रक्रियमा सर्टलिस्टमा परेका ५ जनामध्ये बाँकी ३ जना उम्मेदवारलाई यसअघि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतका लागि सिंहदरबार बोलाइएको थियो । तर, बोर्डको अध्यक्ष सिफारिसका लागि गठित समितिका संयोजक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। शिवराज अधिकारीसहित तीनै जना उम्मेदवार सहभागी नभएपछि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण रोकिएको थियो । सर्टलिस्टमा परेका ५ जना उमेदवारमध्ये अधिकारी, चापागाईं र कार्कीलेले यसअघि नै तीन पटकसम्म अन्तर्वार्ता तथा कार्यप्रस्तुतीका लागि तोकिएको समय बहिस्कार गरेका थिए । यसअघि सर्टलिस्टमा परेर अन्तर्वार्ता तथा कार्यप्रस्तुतिसमेत दिइसकेका सन्तोष नारायण श्रेष्ठ र मुक्ति श्रेष्ठ मध्ये सन्तोष नारायणले बोर्ड अध्यक्ष छनोटको नयाँ प्रक्रिया सुरु गर्न लागेको भन्दै सर्वोच्चमा मुद्दा हालेका थिए । उनको मुद्दा सर्वोच्चले नयाँ प्रक्रिया सुरु नगर्न आदेश दिँदै माघ ३० गतेका लागि पेशी तोकेको छ ।

सम्बन्धित समाचार