काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले पुनः प्रमुख कार्यकारी अधिकृत ९सीईओ० छनोटको प्रक्रिया शुरु गरेको छ । कम्पनीले यसअघि असोज १६ गते एक सूचना प्रकाशित गर्दै सीईओ पदका लागि आवेदन माग गरेको थियो । आवेदन परेकामध्ये ४ जना प्रतिस्पर्धामा भए पनि अन्तर्वार्तामा फालिएका थिए । उम्मेदवारले पेस गरेका शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजनाको मूल्यांकनमा कुल पूर्णांक ५५ को ६० प्रतिशतले हुन आउने अंक प्राप्त गर्ने उम्मेदवारलाई कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि समितिले सर्टलिस्ट गर्नुपर्ने प्रावधान छ । तर, कुनै पनि उम्मेदवारले ६० प्रतिशत अंक प्राप्त गर्न सकेका थिएनन् । कम्पनीले पुनः सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको छ । योग्य तथा इच्छुक व्यक्तिले शैक्षिक योग्यता र आवश्यक पर्ने अन्य कागजात सहित २१ दिनभित्र रामशाहपथस्थित कम्पनीको कार्यालयमा आवेदन दिनुपर्नेछ ।