free website hit counter

बुटवल पावरले डाक्यो साधारण सभा, एफपीओको प्रस्ताव अनुमोदन गर्ने

beemaadmin
२०८१ पुष ४, बिहीबार

काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस २८ गते काठमाण्डौको बबरमहलमा रहेको कार्की ब्याङक्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा गत आवका लागि ५ प्रतिशत नगद लाभांश प्रदान गर्ने र धितोपत्रको थप सार्वजनिक निष्कासन (एफपीओ) को प्रस्ताव पारित गरिनेछ । यस्तै विभिन्न संघ संस्थालाई दिइएको ५ लाख ९९ हजारबराबरको आर्थिक सहयोग पारित गर्ने र तल्लो मनाङ मर्स्याङदी जलविद्युत आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र लोअर मनाङ मर्स्याङदी हाइड्रोपावर कम्पनी प्रालिमा हस्तान्तरण गर्ने र चिनोखोला जलविद्युत आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र चिनो हाइड्रोपावरमा हस्तान्तरण गर्ने प्रस्ताव पारित गरिनेछ । सभामा आव २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, आव २०८०–८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने र आव २०८१–८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

सम्बन्धित समाचार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार

आज तोलाकै ११ हजारले घट्यो सुन

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार