free website hit counter

नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने

beemaadmin
२०८१ पुष १२, शुक्रबार

काठमाडौं । नेको इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले नेको इन्स्योरेन्सलाई हकप्रद शेयर जारी गर्न आज पुस ९ गते अनुमति दिएको हो। योसँगै अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्नेछ। कम्पनीले हाल कायम चुक्तापुँजीको १ः०।२५ प्रतिशत अर्थात २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएको छ। कम्पनीले कुल ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँको हकप्रद शेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५० लाख ३० हजार ९०१।५५ कित्ता हकप्रद शेयर जारी गर्नेछ। कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० रुपैयाँ कायम गरेको छ। नेको इन्स्योरेन्सको हालको चुक्तापुँजी २ अर्ब १ करोड रहेको छ। हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ।

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार