free website hit counter

अभिकर्ताको क्षमता बृद्धिका लागि लिखित प्रतियोगिता

beemaadmin
२०८१ पुष १६, मंगलवार

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सुनसरीस्थित धरान शाखाले अभिकर्ताहरुको क्षमता अभिबृद्धिका लागि आन्तरिक प्रतिस्पर्धा गराएको छ । बीमासम्बन्धी विषयगत र व्यवहारिक ज्ञान बढाउन लिखित रुपमा प्रतियोगिता आयोजना गरेको हो । कम्पनीका कोशी प्रदेश प्रमुख नरेन्द्रकुमार राईको उपस्थिती रहेको अभिमुखीकरणसहितको कार्यक्रममा सहभागी अभीकर्ताहरुलाई बिभिन्न समूहमा बिभाजन गरी आन्तरिक प्रतिस्पर्धा गराइएको थियो । जसअनुसार कन्चनजंघा समूहका हिमचन्द्र कटुवाल, पुष्पलता राई, रामकुमारी राई (गुरुङ), प्रीतमाया राई, शोहील श्रेष्ठ प्रथम स्थानमा रहन सफल भएका थिए । उपविजेता गौरीशंकर समूहबाट खेमराज श्रेष्ठ, गोपाल शंकर, अस्मिता गुरागाईं, कुशल रिजाल र बिमला बस्नेतले प्रतिस्पर्धामा सहभागिता जनाएका थिए । आन्तरिक प्रयोगितामा सहभागी विजेताहरुलाई नगद, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको शाखा प्रमुख प्रेमकुमार राईले जानकारी दिए । त्यस्तै शाखाअन्तर्गत केही अभिकर्ताहरुलाई उत्कृष्ट विजनेशबापत सम्मानित समेत भएका थिए । अभिकर्ताहरुलाई व्यवसायिक सक्रियताका लागि उर्जा बढाउन फरक तरिकाले आन्तरिक प्रतिस्पर्धाको अभ्यास थालिएको शाखा प्रमुख राईको भनाई छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार