free website hit counter

रविको थुनछेक बहस आजै सकिने, के आउला निर्णय ?

beemaadmin
२०८१ पुष २५, बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा बिहीबार सरकारी वकिलले जवाफी बहस गर्दै छन्। सरकारी वकिल कार्यालय प्रमुख कमला काफ्लेका अनुसार बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका थिए। अब आज सरकारी वकिलले जवाफी बहस गर्ने उनले जानकारी दिएकी छन्। बहस सकिएपछि इजलासले थुनामा पठाउने कि बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न दिने भन्ने आदेश गर्नेछ। सरकारी वकिल कार्यालयकी प्रमुख काफ्लेले थुनछेक बहस आजै सकिने बताइन्। यस आधारमा रविलगायत प्रतिवादीलाई थुनामा पठाउने कि थुनाबाहिर राखेर मुद्दाको अनुसन्धान गर्ने भन्ने आदेश पनि आजै आउने सम्भावना छ।
रास्वपा सभापति लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएको छ। सरकारी वकिल र पीडित जाहेरवालाले उनलाई थुनामै राखी कारबाही अघि बढाउन माग गरेका छन्। लामिछानेसहित उनका व्यावसायिक साझेदार पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङ यस मुद्दाका पक्राउ परेका प्रतिवादी हुन्। सात जना प्रतिवादीका विषयमा न्यायाधीश नितिज राईको इजलासमा यही पुस १६ गतेदेखि थुनछेक बहस जारी छ। विभिन्न संस्थासहित ४४ जना प्रतिवादी बनाइएकामा सहकारी ठगीमा ३१ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूबाट एक अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ। यस्तै यीमध्ये रविसहित १९ जनालाई संगठित अपराध, ४ जनालाई सम्पत्ति शुद्धीकरण र २ जनालाई क्रिप्टोको कसुरमा समेत अभियोगपत्र दायर गरिएको छ। रवि पत्नी निकितासहित ५ जनालाई सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार