free website hit counter

अपि पावरको नाफामा देखियो चमत्कार

beemaadmin
२०८१ माघ २७, आईतवार

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा अपि पावर कम्पनी लिमिटेडको नाफामा चामत्कारिक वृद्धि देखिएको छ । कम्पनीले पुस मसान्तसम्म ३१ करोड १६ लाख ८८ हजार रुपियाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १४ हजार ४४१ प्रतिशत बढी हो । गत आवमा कम्पनीले जम्मा २१ लाख ४३ हजार रुपियाँ नाफा कमाएको थियो । त्यस्तै समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३८।३७ प्रतिशत बढेर ८५ करोड ८० लाख रुपियाँ पुगेको छ । गत आवमा कम्पनीले ६२ करोड ६६ हजार रुपियाँ आम्दानी गरेको थियो । पुस मसान्तसम्ममा कम्पनीको कुल नाफा ७१ करोड छ, जुन गत आवको सोही अवधिमा ५३ करोड १८ लाख रुपियाँ थियो । ६ अर्ब ७ करोड ५९ लाख रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटीमा भने ५५ करोड ७६ लाख रुपियाँ सञ्चित छ । यस अवधिमा कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानी २.७५ रुपियाँबाट बढेर १०.२६ रुपियाँ पुगेको छ भने मूल्य आम्दानी अनुपात २५.८३ गुणा छ र प्रतिशेयर नेटवर्थ १०९.१८ रुपियाँ रहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार