free website hit counter

यसरी खुल्यो बालाजु औद्योगिक क्षेत्रको ताला

beemaadmin
२०७६ पुष २९, मंगलवार

काठमाडौं । उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र राज्यमन्त्री मोतीलाल दुगडको उपस्थितिमा भएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुको तालाबन्दी समस्या अन्ततः समाधान भएको छ । दुई मन्त्रीको उपस्थितिमा भएको अध्यक्ष नन्दकिशोर बस्नेत र महाप्रबन्धक सुभाष सिटौलाले दुई बुँदे सहमतिमा हस्ताक्षर गरेपछि महाप्रबन्धक सिटौलाको कार्यकक्षमा लगाइएको ताला दिउँसो अध्यक्ष बस्नेतले खुलाइदिएका छन् ।

एक हप्ता लामो तालाबन्दी प्रकरण अब अन्त्य भएको छ । दुई बुँदे सहमतिमा अध्यक्ष र महाप्रबन्धकले तीन महिनाभित्र आफ्नो आचरणमा सुधार गर्नुपर्ने नगरे दुवैलाई मन्त्रालयले बर्खास्त गर्ने र महाप्रबन्धक सिटौलाले गरेको कर्मचारी सरुवाको बारेमा मन्त्रालयले गरेको निर्णय दुवै पक्षलाई मान्य हुने बताइएको छ ।

उक्त सहमति लगत्तै अध्यक्ष र महाप्रबन्धक कार्यालय गएका र अध्यक्ष बस्नेतले महाप्रबन्धकको कार्यकक्षमा लगाइएको ताला खोलेका थिए । ताला खोलेसँगै खुशीयालीमा दुवै पक्ष चियापानमा सरीक भएको स्रोतको दाबी छ । तालाबन्दी प्रकरणपछि निराश बनेका कर्मचारी र उद्योगीहरु यो सहमति लगत्तै ताला खुलेपछि खुशी भएका छन् ।

सम्बन्धित समाचार