free website hit counter

सानिमाको साधारणसभा : आईपीओ निष्काशन प्रस्ताव

beemaadmin
२०७६ पुष २९, मंगलवार

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले माघ २४ गतेका लागि साधारण सभा आह्वान गरेको छ। इन्स्योरेन्सको साधारण सभा होटल एलो पेगोडा, कान्तिपथमा बिहान साढे ११ बजे शुरु हुनेछ। आईपीओ निष्कासन गर्ने प्रस्तावसहित सो साधारणसभा आह्वान गरिएको बताइएको छ ।
पुस २२ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको ७३ औँ बैठकले सो दिन दोस्रो साधारण सभा गर्ने निर्णय गरेपछि सो दिनका लागि साधारणसभाको आह्वान गरिएको हो ।
सभाले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन गर्ने र सोसम्बन्धी कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्ने बताइएको छ। सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने र लेखापरीक्षक नियुक्त गर्न प्रस्ताव पनि पारित गर्ने योजना छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार