free website hit counter

नेशनल लाइफले गर्यो अभिकर्ता पुनर्ताजगी

beemaadmin
२०८१ चैत्र १७, सोमबार

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड महेन्द्रनगर शाखाको आयोजनामा अभिकर्ता पुनर्ताजगी कार्यक्रम महेन्द्रनगर कंचनपुरमा सम्पन्न भएको छ। साठी जनाभन्दा बढी अभिकर्ताको पस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता कम्पनीको महेन्द्रनगर शाखाका जेष्ठ अभिकर्ता एवम् पेशागत बिमा अभिकर्ता संघ नेपाल बीमक नेशनल लाइफ महेन्द्रनगर शाखाका अध्यक्ष डम्बर बहादुर बिष्टले गरेका थिउ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुदुरपश्चिम प्रदेश प्रमुख नविनकिशोर भट्टको प्रमुख आतिथ्य रहेको कार्यक्रममा महेन्द्रनगर शाखाका शाखा प्रमुख अमर सिह धामि ले सहभागीलाई स्वागत मन्तब्य राखेका थिए । पेशागत अभिकर्ता संघ नेपाल सुदुरपश्चिम प्रदेश सचिव धनसिह ठगुन्नाले बीमा पोलिसी र पेशागत हकहितका बारेमा प्रकाश पारेका थिए । सफल व्यावशायिक र सक्षम अभिकर्तामा हुनुपर्ने बिशेषताका बारेमा सिनियर बिजनेस म्यानेजर द्वय पुष्पा कुमारि चन्द र नवराज अवस्थिले आफ्नो अनुभव साटेका थिए । अभिकर्ता पुनर्ताजगी कार्यक्रमको संचालन नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड महेन्द्रनगर शाखाका चिफ बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्दले गरेका थिए ।

सम्बन्धित समाचार

सुनको मूल्य आधा घट्ने अनुमान

beemaadmin
२०८१ चैत्र २४, सोमबार

बोर्डमै अड्कियो ५४ अर्बको आइपीओ

beemaadmin
२०८१ चैत्र २४, सोमबार

स्वास्थ्य बीमाको बक्यौता १६ अर्ब

beemaadmin
२०८१ चैत्र २४, सोमबार