free website hit counter

राजावादी आन्दोलनमा क्षतिको बीमा दाबी ४ करोड ८७ लाख

beemaadmin
२०८१ चैत्र २४, आईतवार

काठमाडौं । काठमाडौं उपत्यकामा चैत १५ गते भएको तीनकुने घटनामा चार करोड ८७ लाख रुपैयाँ ६८ हजार रुपैयाँ बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा सञ्चालित रहेका ११ निर्जीवन बीमा कम्पनीमा चार करोड ८७ लाख रुपैयाँ ६८ हजार रुपैयाँ बराबरको बीमा दावी परेको देखिएको हो । त्यस्तै, सम्पत्ति बीमातर्फ १६ वटा बीमालेखका ३ करोड ११ लाख ६६ हजार रुपैयाँको माग दाबी प्राप्त भएकोमा हालसम्म कुनै भुक्तानी नभएको प्राधिकरणले जनाएको छ । त्यस्तै, इन्जिनियरिङ बीमातर्फ ३ वटा बीमालेखमार्फत् ३७ लाख रुपैयाँ तथा विविध बीमातर्फ २ वटा बीमालेखमार्फत् १० लाख १ हजार १३० रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ । विविध बीमा अन्तर्गत ११३० रुपैयाँ भुक्तानी भएको छ । दाबी भुक्तानीका लागि सबैभन्दा धेरै माग दाबी राष्ट्रिय बीमा कम्पनीमा परेको छ । उक्त कम्पनीमा २ वटा बीमालेखबापत १ करोड २७ लाख रुपैयाँ माग दाबी परेको प्राधिकरणले जनाएको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ८ वटा बीमालेखबापत १ करोड १७ लाख ५० हजार रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ५ वटा बीमालेखमा ६८ लाख ९१ हजार २१३ रुपैयाँ, नेको इन्स्योरेन्समा चार वटा बीमालेखबापत ५२ लाख रुपैयाँ, ओरियन्टल इन्स्योरेन्समा एउटा बीमालेखबापत ४७ लाख ५० हजार रुपैयाँ, नेशनल इन्स्योरेन्समा ११ वटा बीमालेखबापत २० लाख ७५ हजार रुपैयाँको माग दाबी परेका छ। त्यस्तै, हिमालय जनरल इन्स्योरेन्समा एउटा बीमालेखबाट १६ लाख ९५ हजार रुपैयाँ, आईजीआई प्रुडेन्सियलमा ४ वटा बीमालेखमा १४ लाख ६० हजार रुपैयाँ, शिखर इन्स्योरेन्समा ५ वटा बीमालेखबापत १३ लाख २५ हजार १२ रुपैयाँ, नेपाल इन्स्योरेन्समा एउटा बीमालेखबापत ८ लाख ७१ हजार ७९५ रुपैयाँ, प्रभु इन्स्योरेन्समा एउटा बीमालेखबापत ५० हजार रुपैयाँ माग दाबी परेको छ । माग दाबी प्राप्त भएकोमध्ये शिखर इन्स्योरन्सले ५ मध्ये ३ वटा दाबीको ४५ हजार १२ रुपैयाँ भुक्तानी दिइसकेको जनाएको छ । बाँकी कम्पनीहरूले भने अहिलेसम्म भुक्तानी दिएका छैनन् । गत शुक्रबारको घटनापछि बीमा प्राधिकरणले आइतबार क्षति भएका बीमालेखको शीघ्र भुक्तानी गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको थियो ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार