free website hit counter

नयाँ गभर्नर नियुक्तिको मुद्दा सर्वोच्चमा

beemaadmin
२०८२ बैशाख १, सोमबार

काठमाडौं । यहाँ कुनै पनि नियुक्ति भागवण्डामा गरिन्छ । योग्य मान्छे होइन हाम्रा मान्छे छान्ने चलनले समस्या सिर्जना भइरहेको छ । नयाँ गभर्नर नियुक्तिमा उमेरहद हटाएको विषयमा सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । सरकारले नयाँ गभर्नर नियुक्तिका लागि ६५ वर्षसम्म उमेर हद रहेकोमा हटाएपछि अधिवक्ता विशाल थापाले आइतबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । नेपाल राष्ट्र बैंककै योग्य ‘क्याडर’ र बजारमा नाम चलेका तथा गभर्नरको दौडमा देखिएका क्षमतावान र अर्थतन्त्र बुझेका आकांक्षीलाई पाखा लगाउँदै ‘आउटडेटेड’ व्यक्तीलाई केन्द्रीय बैंकको जिम्मेवारी दिने लक्ष्यसहित सरकारले नियुक्तीसम्बन्धी उमेर हदको मापदण्ड नै परिवर्तन गरेको थियो । अर्थमन्त्रालयले गभर्नर नियुक्तीका लागि जम्माजम्मी एक साता पनि बाँकी नरहेको समयमा सुटुक्क मापदण्ड नै परिवर्तन गरेको थियो । अर्थ मन्त्रालयले ‘सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड’मा उमेर हद हटाएको थियो । अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वमा ३ सदस्यीय सिफारिस समिति बनिसकेपछि सरकारले नियुक्ती सम्बन्धी मापदण्ड नै संशोधन गरेपछि आमुक सहमूहको प्रलोभनमा परेर ‘आउटडेटेड’लाई समस्याग्रस्त अवस्थामा रहेको अर्थतन्त्रको बागडोर सम्हाल्ने जिम्मेवारी दिने तयारी थालेको अनुमान लाउन थालिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार