free website hit counter

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८२ बैशाख १०, बुधबार

काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य एक तोलामै ७ हजार ५ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रकाशित गरेको मूल्यसूची अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँमा सीमित बनेको छ । अघिल्लो दिन भने सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । सो दिन ६ हजार ९ सय रुपैयाँले बढेको सुन प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि घटेको छ । चाँदी अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार