free website hit counter

आइएमई लाइफले २० आना जग्गा किन्दै

beemaadmin
२०८२ बैशाख ११, बिहीबार

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले घर जग्गा खरिद गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै घर जग्गा खरिदका लागि शिलबन्दी बोलपत्र आब्हान गरेको हो । कम्पनीले काठमाडौं तथा ललितपुरमा घर जग्गा खरिदका लागि शिलबन्दी बोलपत्र आब्हान गरेको हो । जग्गाको क्षेत्रफल न्यूनतम २० आना हुनुपर्नेछ ।

काठमाडौं तथा ललितपुरको लाजिम्पाट, उत्तरढोका, नागपोखरी, हात्तिसार, टंगाल, ज्ञानेश्वर, तिनकुने, बालुवाटार, पुतलीसडक, विशालनगर, कमलादी, कमलपोखरी, नयाँ बानेश्वर, पुरानो बानेश्वर, दरबारमार्ग, नक्साल, थापाथली, गहनापोखरी, पुल्चोक, जावलाखेल, कुपण्डोल, सानेपा, कुमारीपाटी, मानभवन, वा उक्त स्थान आसपासका क्षेत्रहरु भएको घर वा जग्गा आवश्यक भएको जनाएको छ । प्रस्तावित घर वा जग्गा ६ मिटरको मुल सडकमा जोडिएको हुनुपर्ने समेत जनाएको छ । उक्त स्थानको घर वा जग्गा बिक्री गर्न इच्छुक घर जग्गाधनीहरुले यो सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र विभिन्न शर्तहरुको अधिनमा रही शिलवन्दी बोलपत्र कम्पनीमा पेश गर्नुपर्ने जनाएको छ । कम्पनीले विभिन्न शर्तहरु राखेको सोही शर्तको आधारमा शिलबन्दी पेश गर्नुपर्नेछ ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार