free website hit counter

क–कसको आशिर्वादले ब्यूतिए श्रेष्ठ

beemaadmin
२०७६ माघ २, बिहीबार

काठमाडौं । निलम्बवनमा रहेका र छानविन समितिले समेत दोषी ठहर्याएका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको मन्त्रिपरिषद्बाट पुनर्बहाली हुने भएको छ । आफूलाई निर्दोष सावित गर्न शक्ति केन्द्रहरुको दौडधूपमा रहेका श्रेष्ठलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले मात्रै सघाएका थिएनन् कार्यकाल सकिनै लागेका अर्थमन्त्रीले समेत राम्रै साथ दिएको बताइन्छ । तर निर्णय नै उल्ट्याउने गरी साथ दिनेमा भने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल परेका छन् । उनकै सिफारिशपछि प्रधानमन्त्री केपी शर्मा ओलीले श्रेष्ठलाई निर्दोष सावित गर्न निर्देशन दिएको बताइन्छ ।

अनियमितताको आरोपमा श्रेष्ठ कात्तिक १८ गतेदेखि निलम्बनमा छन् । छानविन समितिले श्रेष्ठमाथि अनुसन्धान गरी अर्थमन्त्रालयमा प्रतिवेदन समेत बुझाईसकेको थियो । अर्थमन्त्रालयले बर्खास्त नै गर्नुपर्ने पर्याप्त कारणहरु नदेखिएको भन्दै मन्त्रिपरिषद्ले उनलाई पुनर्बहाली गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकको नियमन विभाग हेर्दै आएका श्रेष्ठमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धानमा सरकारलाई असहयोग गरेको, अनियमित काम गरी आर्थिक लाभ लिएको लगायतका आरोप लागेको थियो । डेपुटी गभर्नर श्रेष्ठमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धानमा सरकारलाई असहयोग गरेको आरोप लगाउँदै अर्थमन्त्रालयले छानविन गरी कारबाही गर्न भन्दै राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । श्रेष्ठमाथि छानविन गर्न भन्दै राष्ट्र बैंकले सञ्चालक समिति सदस्य श्रीराम पौड्यालको संयोजकत्वमा राष्ट्र बैंककै सञ्चालकहरु सुवोधकुमार कर्ण र रामजी रेग्मी रहेको छानविन समिति गठन भएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार