free website hit counter

प्रभु महालक्ष्मी लाइफको ७.३८ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

beemaadmin
२०८२ बैशाख १८, बिहीबार

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एनआरएन इनफ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ५ लाख ५० हजार कित्ता, विनिता उपाध्यायको १ लाख १० कित्ता र माधवप्रसाद पन्थीको ७८ हजार ५०० कित्ता गरी कुल ७ लाख ३८ हजार ५०० संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उल्लेखित शेयर खरिद गर्न चाहने संस्थापक शेयरधनीले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ । साथै तोकिएको समयभित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार