काठमाडौं । गोर्खाज फाइनान्सको सीईओमा ज्ञानेन्द्र इवाहाङ नियुक्त भएका छन् । सञ्चालक समितिको गत बुधबार बसेको बैठकले यही बैशाख २१ गतेबाट लागू हुने गरी ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको कामु सीईओ दीपक न्यौपानेले जनाएका छन् । इवाहाङलाई सीईओ र कम्पनी सचिवको पनि जिम्मेवारी दिइएको छ । यसअघि पनि उनलाई चैत ११ गतेदेखि लागू हुने गरी सीईओ नियुक्त गरिएको थियो । तर सञ्चालक समितिमा मतभेद भएपछि उनले सीईओ पद अस्वीकार गरेका थिए ।