free website hit counter

हिमालयन लाइफको नाफा ४७ करोड

beemaadmin
२०८२ बैशाख २१, आईतवार

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमाससम्ममा ४७ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४३ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफामा ८ दशलमव ४९ प्रतिशतले बढी हो । समीक्षा अवधिमा कम्पनीले १२ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १२ अर्ब ३३ करोड १३ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन १ दशमलव ३३ प्रतिशतले बढेको हो । समीक्षा वर्षमा कम्पनीले १२ अर्ब १८ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन सामान्य बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १२ अर्ब २ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ३१ करोड २४ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ३० करोड ८२ लाख रुपैयाँ खर्चिएको थियो । समिक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा ९८ करोड ६४ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा ९९ करोड ८१ लाख खर्चिएको थियो । गत वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा कम रकम खर्चिएको हो । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८९ पैसा छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ ०७ पैसा रहेको छ। पीई रेसियो ६१.५१ गुणा रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियो ३ दशलमव ८६ रहेको छ ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार