काठमाडौं । अर्थतन्त्र सुस्त अवस्थामा पुगेर बजार शुन्य भएको अवस्थामा पनि नेपालका वित्तीय क्षेत्रले भने नाफा कै व्यापार गरिरहेका छन् । आर्थिक वर्ष २०८१÷८२ को चैत महिनासम्ममा जीवन बीमा कम्पनीहरूले १ खर्ब २६ अर्ब बढी कुल बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरूले यस अवधिसम्ममा १ करोड ३५ लाख ३९ हजार ५१० वटा बीमा पोलिसी बिक्री गरी १ खर्ब २६ अर्ब १८ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । समिक्षा अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले ३३ अर्ब १ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस्तै, नेशनल लाइफले १५ अर्ब ६४ करोड रुपैयाँ, एलआइसी नेपालले १४ अर्ब ३ करोड रुपैयाँ,हिमालयन लाइफले १२ अर्ब ५९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब १६ करोड रुपैयाँ ,सूर्यज्योति लाइफले ७ अर्ब ६५ करोड रुपैयाँ, एशियन लाइफले ६ अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । यसैगरी, सिटिजन लाइफले ५ अर्ब ८ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले ४ अर्ब ८४ करोड रुपैयाँ ,मेट लाइफले ४ अर्ब ४४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । समिक्षा अवधिमा आईएमई लाइफले ३ अर्ब ७७ करोड रुपैयाँ,रिलायबल नेपाल लाइफले ३ अर्ब ६९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ६७ करोड रुपैयाँ र सन नेपाल लाइफले ३ अर्ब ८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।