free website hit counter

एमडीआरटी बन्न सफल अभिकर्तालाई एशियन लाइफको सम्मान

beemaadmin
२०८२ बैशाख २३, मंगलवार

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले सन् २०२५ को लागि एमडीआरटी बन्न योग्य भएका अभिकर्ताहरुलाई आज बैशाख २२ गते विशेष समारोहका बीच सम्मान गरेको छ। वित्तीय परामर्शदाताहरुको अन्तर्राष्ट्रिय संस्था, मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले सन् २०२४ का लागि तोकेको व्यवसायीक लक्ष्य पुरा गरेर सन् २०२५ का लागि एमडिआरटी योग्य भएका अभिकर्ताहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ, डेपुटी मार्केटिङ हेड विजय पराजुली, पेशागत अभिकर्ता संघ बीमक समितिका अध्यक्ष दामोदर लामिछानेले अभिकर्ताहरुलाई सम्मान गरेका हुन् । कार्यक्रमको अवसरमा प्रशंसा पत्रको साथै व्यवसायीक लक्ष्य पुरा गर्न सफल अभिकर्तालाई डिजिटल बीमालेख प्रवर्द्धनमा प्रेरित गर्न एक एक थान स्मार्ट ट्याब समेत उपलब्ध गराइएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार