free website hit counter

ज्ञानेन्द्र अब आरजुको उम्मेदवार

beemaadmin
२०८२ बैशाख २६, शुक्रबार

काठमाडौं । गभर्नर नियुक्ति प्रक्रियामा सत्ताधारी राजनीतिक दलहरुबीच कुरा नमिलेको बेला अर्को शक्ति केन्द्रको उम्मेदवार बनेर ज्ञानेन्द्र ढुंगानाको प्रवेश भएको छ । दुई सत्ताधारी राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा एमाले गभर्नर नियुक्तिमा आ–आफ्नै अडानमा छन् । यहीकारण, गभर्नर नियुक्त हुन नसकेको बताइरहँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पत्तिबीच नै कुरा नमिलेको तथ्य बाहिरिएको छ । सभापति देउवा जुनसुकै हालतमा डा गुणाकर भट्टलाई गभर्नर बनाउन चाहन्छन् । देउवाको आश्वासन पाएपछि डा। भट्टले कार्यकारी निर्देशकको पदबाट राजीनामा दिइसकेका छन् । यद्यपि, स्वीकृत भने भइसकेको छैन । तर, देउवा पत्नी आरजु राणा देउवाले अन्तिम घडीमा नबिल बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानालाई अघि सारेकी छिन् । ज्ञानेन्द्रले गभर्नर बन्नकै लागि भनेर पदबाट राजीनामा दिइसकेका छन् । राजीनामा दिएको साता दिन नवित्दै उनको चर्चा खुम्चिएको थियो । तर, गभर्नर नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुग्नै लाग्दा ज्ञानेन्द्र ढुंगाना बलिया आकांक्षीकोरुपमा बाहिर आएका छन् । उनलाई देउवा पत्नी आरजु राणाले गभर्नर बनाउने ‘लविइङ’ सुरु गरेकी छिन् । यो सूचना प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पनि पुगेको छ । प्रधानमन्त्री ओलीलाई देउवा दम्पत्तिले फरक–फरक व्यक्तीको नाम दिएपछि गभर्नर नियुक्ति प्रक्रिया झनै पेचिलो बनेको छ । प्रधानमन्त्री ओलीले देउवा दम्पत्तिलाई मिलेर आउन भनेका छन् । एकै घरका दुई व्यक्तिले दुई फरक व्यक्तीको नाम ल्याउँदा समस्या हुने भएकाले मिलेर आउन प्रधानमन्त्री ओलीले सुझाव दिएको बालुवाटार स्रोतले बैंकिङ्ग समाचारलाई जानकारी दियो । देउवा दम्पत्ति मिलेर नआएमा कायम मुकायम गभर्नर डा। नीलम ढुंगानालाई गभर्नर बनाउने तयारीमा प्रधानमन्त्री ओली जुटेका छन् । तर, सिफारिस समितिबाटै डा। नीलमको नाम सिफारिस रोक्ने दाउमा कांग्रेस छ । लामो समयसम्म डा नीलम र डा भट्ट गरी दुई जनामा रहेको गभर्नर बन्ने नामको सूचीमा ज्ञानेन्द्र ढुंगानाको जोड्दार प्रवेश भएको छ ।

सम्बन्धित समाचार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार