free website hit counter

आज सलिकोको साधारणसभा

beemaadmin
२०८२ बैशाख २८, आईतवार

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को वार्षिक साधारणसभा वैशाख २८ गते बस्दैछ । सभा रानीमहल बैंकेट प्रालि, ज्ञानेश्वर, काठमाडौंमा बिहान १० बजेदेखि शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ संस्थालाई भुक्तानी गरेको रकम अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका विशेष प्रस्ताव पनि पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्त पनि सभाले गर्नेछ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख १७ गते एक दिन बुक क्लोज गरिसकेको छ । त्यसैले वैशाख १६ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउन र साधारणसभामा सहभागिता जनाउन सक्नेछन् ।

सम्बन्धित समाचार