free website hit counter

वाणिज्य बैंकहरुको ब्याजदर घट्यो

beemaadmin
२०८२ बैशाख ३१, बुधबार

काठमाडौं । लगानीको वातावरण नबनेको अवस्थामा बैंकहरुमा पैसा थुप्रिनेक्रम बढीरहेको छ । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित सुचना अनुसार बैंकहरुको जेठ महिनाको औषत ब्याजदर, बैशाखको तुलनामा सामान्य घटेको छ। बैशाख महिनामा ५.९७९५ प्रतिशतविन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरको औषत, जेठ महिनामा घटेर ५.९५२ प्रतिशतविन्दुमा झरेको छ। बैशाखको तुलनामा जेठमा बैंकहरुको यस्तो ब्याजदर ०.०२७५ प्रतिशतविन्दु घटेको हो। २० वाणिज्य बैंकहरुमध्ये १४ बैंकहरुले बैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। बाँकी ६ वटा मध्ये ३ वटा बैंकहरुले ब्याजदर घटाएका छन् भने ३ वटाले बढाएका छन्। जेठ महिनाका लागि ब्याजदर घटाएका बैंकहरुमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सबैभन्दा बढी (१ प्रतिशतविन्दु) ब्याजदर घटाएको छ। बैशाख महिनामा ६.५ प्रतिशत रहेको यस बैंकको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर, जेडमा ५.५ प्रतिशतमा झरेको छ। त्यस्तै, सिद्धार्थ बैकले यस्तो निक्षेपको अधिकतम ब्याजदर ०.२५ प्रतिशतविन्दुले घटाएको छ भने कुमारी बैंकले ०.०१ प्रतिशतविन्दु घटाएको छ। बैशाखको तुलनामा सानिमा बैंक, नेपाल बैंक र एभरेष्ट बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाएका छन्। जसमध्ये सानिमा बैंकले सबैभन्दा बढी ०.३८ प्रतिशतविन्दु बढाएको हो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार