free website hit counter

एशियन लाइफ कर्मचारी यूनियन हिरालालको नेतृत्वमा

beemaadmin
२०८२ जेष्ठ ४, आईतवार

काठमाडौं । एशियन लाइफ कर्मचारी यूनियनको पाँचौं महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। हेटौंडामा शनिबार सम्पन्न भएको महाधिवेशनले सर्वसम्मतरूपमा १६ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको हो। नव निर्वाचित कार्य समितिको अध्यक्ष पदमा हिरालाल श्रेष्ठ दोहोरिएका छन्। प्रदेश उपाध्यक्षहरूमा सरस्वती थापा– कोशी, सरोज केसी– मधेश, प्रकाश ढुङ्गाना– बागमती, मुकुन्द कोइराला– गण्डकी, बसन्त भुषाल– लुम्बिनी, तीर्थराज शर्मा– कर्णाली र दिपेश प्रसाद देवकोटा– सुदूरपश्चिम रहेका छन् । यसैगरी महासचिव परमानन्द चौधरी, सचिव शान्ति रेग्मी, कोषाध्यक्ष रश्मी तामाङ, सहकोषाध्यक्ष जीवन बुढाथोकी, सदस्य प्रकाश बहादुर शाही, सुनिल नेपाली, सूर्यनाथ यादव र मन कुमारी राइ चयन भएका छन् ।

सम्बन्धित समाचार