free website hit counter

दोर्दी खोलाको साढे १९ लाख कित्ता शेयर लिलाम बिक्रीमा

beemaadmin
२०८२ जेष्ठ ११, आईतवार

काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आज जेठ ११ गतेदेखि अवितरित शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले यसअघि १ः१ अनुपातमा प्रतिशेयर १०० अंकित दरका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद खुला गरेको थियो । जसअन्तर्गत मागअनुसार ८५ लाख ९५ हजार ९२८ कित्ता शेयर बिक्री भइसकेको छ । बाँकी बाँडफाँटमा नपरेको १९ लाख ४६ हजार ६७६ कित्ता शेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो । कुल शेयरमध्ये संस्थापकतर्फको १४ लाख ५० हजार ९९७ कित्ता शेयर असार ७ गतेसम्म लक इनमा रहनेछ । बाँकी सर्वसाधारण समूहको ४ लाख ९५ हजार ६९७ कित्ता भने लकइनमा नरहेको शेयर हो । उक्त शेयर जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाले खरिद गर्न पाउनेछन् । इच्छुक लगानीकर्ताले आफूले के कति दररेटमा लिने हो सोको विवरण खुलाई जेठ १९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । शेयर खरिदका लागि आवेदन दिँदा न्यूनतम १०० कित्ता वा सोभन्दा बढी सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । दरखास्त फाराम भने कम्पनीको कर्पोरेट कार्यालय, त्रिपुरेश्वर, बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड, नक्साल काठमाडौं वा सानिमा बैंकका विराटनगर, पर्सा, कास्की, रुपन्देही, बाँके, सुर्खेत, धनगढी, लमजुङलगायतका स्थानमा पाइनेछ । सोही स्थानमा फाराम तथा रकम जम्मा गर्न सकिने बताइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार