काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले व्यतीत बीमालेख नवीकरण ९पुनर्जागरण० गर्दा लाग्ने ब्याजमा शतप्रतिशतसम्म छुट दिने भएको छ । कम्पनीले यसअघि नवीकरण नगरी व्यतीत भएका बीमालेखमा जेठ १२ देखि २७ गतेसम्म नवीकरण गराउँदा लाग्न विलम्ब शुल्क अर्थात् ब्याजमा शतप्रतिशत छुट दिने निर्णय गरेको हो । यस्तो छुट ३ वर्षभन्दा बढी व्यतीत बीमालेखमा ५० प्रतिशत, २ देखि ३ वर्षसम्म ७५ प्रतिशत र २ वर्षसम्म व्यतीत बीमालेखमा शतप्रतिशत प्रतिशत छुट दिने जनाएको छ । साथै, यस्तो सुविधा बीमालेख अवधिभर एकपटक मात्रै पाइने र यस्तो सुविधाबाट नवीकरण गरिएका बीमालेख २ वर्षभित्र सरेन्डर भएमा छुट रकम कट्टा गरिने बताइएको छ ।