free website hit counter

बालेनविरुद्ध अख्तियारमा उजुरी

beemaadmin
२०८२ जेष्ठ २९, बिहीबार

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध अख्तियारमा उजुरी परेको छ । मेयर शाहविरुद्ध कार्यालयमा जडान गरिएको लिफ्टमा अनियमितता भएको दाबीसहित युवराज पौडेल ‘सफल’ले अख्तियारमा आज उजुरी दिएका हुन् । युवराज सफलले अपारदर्शी ढंगले लिफ्ट जडान गरिएको दाबीसहित उजुरी दिएका छन्। सफलले नयाँ लिफ्ट जडान गरेकोप्रति विरोध नभई लिफ्ट जडान गर्दा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ९११ बोलपत्रसम्बन्धी व्यवस्था र सार्वजनिक खरिद नियमावली, २०६४ विपरीत बिनाप्रतिस्पर्धा विना टेन्डर र बिना कोटेसन, अपारदर्शी, अनियमित तरिकाले जोडिएकोप्रति आपत्ति रहेको उजुरीमा उल्लेख गरेका छन् । ‘सामान्यतया सरकारी वा सार्वजनिक निकायले कुनै खरिद वा निर्माण गर्दा बोलपत्र आह्वान गर्नुपर्ने कुरा अनिवार्य नै हो,’ उजुरीमा भनिएको छ । यस्तै उनले महानगरले जोडेको नयाँ लिफ्टसम्बन्धी सबै कागजात झिकाएर छानबिन गर्न माग समेत गरेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार