free website hit counter

बैंकिङ्ग क्षेत्र सुधार गर्न उपसमिती गठन

beemaadmin
२०८२ जेष्ठ ३०, शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग क्षेत्र सुधारमा ध्यान दिएको छ । राष्ट्र बैंकको गभर्नरको वरियात डा. विश्वनाथ पौडेलले सम्हालेलगतै बैंकिङ्ग क्षेत्र सुधारका लागि पहल गरेका हुन् । गभर्नर पौडेलको प्रस्तावमा राष्ट्र बैंकको सञ्चालक समितिको जेठ २१ गते बसेको बैठकले उपसमिति गठन गर्ने निर्णय गरेको हो। उक्त उपसमितीको संयोजकत्वमा पूर्वनिर्देशकसमेत रहेका धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्की रहेका छन् । त्यस्तै, उपसमिती सदस्यमा नेपाल बैंकर्स एसोसिएसनका पूर्व अध्यक्ष भुवन दाहाल र राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेल तोकिएका छन् । राष्ट्र बैंकले समितिलाई ३० दिनमा सुझाव पेस गर्न समय तोकिदिएको छ । पछिल्लो समय बैंकिङ्ग क्षेत्रमा देखिएका समस्याले अर्थतन्त्रमा नै समेत प्रभाव परिरहेको समयमा राष्ट्र बैंकले बैंकिङ्ग क्षेत्र सुधारका लागि पहल गरेको हो । राष्ट्र बैंकले पहिलोपटक बाहिरका विज्ञहरुको संयोजकत्वमा यस्तो उपसमिती गठन गरेको हो ।

सम्बन्धित समाचार