free website hit counter

विकास बैंकहरुको नाफा घट्यो

beemaadmin
२०८२ जेष्ठ ३१, शनिबार

काठमाण्डौ । विकास बैंकहरुले साढे ३ अर्ब नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनासम्ममा विकास बैंकले समग्रमा ३ अर्ब ५८ करोड ७८ लाख रुपैयाँ नाफा कमाएका हुन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ५.४० प्रतिशत कम हो । गत आवको १० महिनासम्ममा विकास बैंकहरुले ३ अर्ब ७९ करोड २५ लाख रुपैयाँ नाफा कमाएका थिए । सो अवधिसम्म आइपुग्दा ५ वटा विकास बैंक घाटामा देखिएका छन् भने १२ बैंक नाफामा देखिएका छन् । घाटा ब्यहोर्ने बैंकहरुमा कर्णाली डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सालपा विकास बैंक रहेका छन् । उक्त ५ बैंकहरुले मात्रै सो अवधिसम्म १ अर्ब ७८ लाख रुपैयाँ घाटा ब्यहोरेका कारण विकास बैंकहरुको समग्र नाफामा संकुचन देखिएको हो । १० महिनासम्ममा सबैभन्दा बढी नाफा कमाउने बैंकमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकले ८७ करोड ६८ लाख रुपैयाँ नाफा कमाई सबैभन्दा बढी नाफा कमाउने विकास बैंक बनन्न सफल भएको छ । तर बैंकको यो नाफा गत आवको तुलनामा भने ११.८७ प्रतिशत कम हो । त्यस्तै, गरिमा विकास बैंकले ८६ करोड ९३ लाख, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ६१ करोड ५४ लाख, कामना सेवा विकास बैंकले ५७ करोड ७५ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले ४९ करोड ८७ लाख, महालक्ष्मी विकास बैंकले ४६ करोड ३२ लाख, ज्योति विकास बैंकले ३६ करोड १४ लाख, लुम्बिनी विकास बैंकले ११ करोड ९२ लाख, मितेरी डेभलपमेन्ट बैंकले १० करोड १३ लाख, सिन्धु विकासले ७ करोड ३४ लाख, ग्रीन डेभलपमेन्ट बैंकलेल २ करोड ३२ लाख र कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको छ । सो अवधिसम्म सबैभन्दा बढी घाटा ब्यहोर्ने बैंकमा भने कर्णाली डेभलपमेन्ट बैंक रहेको छ । बैंकले सो अवधिसम्म ८४ करोड ६१ लाख रुपैयाँ घाटा ब्यहोरेरको छ । त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंकले ११ करोड ३४ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकले ३ करोड ४२ लाख, नारायणी डेभलपमेन्ट बैंकले १ करोड ६ लाख र सालपा विकास बैंकले ३३ लाख रुपैयाँ घाटा ब्यहोरेको छ । सो अवधिसम्म गत आवको तुलनामा सबैभन्दा बढी नाफा ग्रोथ गर्नेमा भने सांग्रिला डेभलपमेन्ट बैंक रहेको छ । बैंकले ७८.७३ प्रतिशतले नाफा ग्रोेथ गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार