free website hit counter

एक साताभित्रै आउँदैछ एसईईको नतिजा

beemaadmin
२०८२ असार १२, बिहीबार

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा अबको एक साताभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले हाल कक्षा १० को परीक्षाको उत्तरपुस्तिका परीक्षण सम्पन्न भइसकेको र अब प्राप्ताङ्क इन्ट्री र विवरण रुजु गर्ने कार्य तीव्र गतिमा भइरहेको जानकारी दिएको छ। कार्यालयले असारको तेस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य लिएको र सोही अनुसार गर्न कर्मचारीहरू डबल सिफ्टमा काम गरिरहेको जानकारी दिएको छ। असार ६ गतेभित्र नतिजा प्रकाशन गर्ने प्रारम्भिक कार्यतालिका बनेकोमा शिक्षकहरूले गरेको आन्दोलनका कारण प्रक्रिया प्रभावित भएकाले ढिलाइ भएको हो। गत चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा देशभरबाट करीब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार