free website hit counter

यस्तो छ सन नेपाल लाइफको नयाँ बोनसदर

beemaadmin
२०८२ असार १७, मंगलवार

काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी सन नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०–०८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदनका आधारमा मुनाफा सरिक हुने गरी प्रतिवर्ष प्रतिहजारका दरले नयाँ बोनसदर सार्वजनिक गरिएको हो । कम्पनीका अनुसार बीमितले न्यूनतम २३ रुपियाँदेखि अधिकतम ८० रुपियाँसम्म बोनस दर पाउने भएका छन् । ‘सनलाइफ सावधिक जीवन बीमालेख’ योजनाअन्तर्गत बिमितले प्रतिवर्ष प्रतिहजार न्यूनतम ३० रुपियाँदेखि अधिकतम ६५ रुपियाँसम्म बोनसदर पाउनेछन् । त्यस्तै ‘भाग्योदय जीवन बीमा’ योजनामा कम्पनीले बिमितलाई न्यूनतम ३० रुपियाँ र अधिकतम ५५ रुपियाँ बोनस दिने घोषणा गरेको छ । कम्पनीको ‘बाल समृद्ध जीवन बीमा’का बिमितले न्यूनतम ३० रुपियाँ र अधिकतम ५५ रुपियाँ पाउनेछन् । साथै, ‘सावधिक सुनौलो जीवन बीमा’ र ‘सुनौलो बाल समृद्ध जीवन बीमा’मा बिमितले प्रतिवर्ष प्रतिहजारका दरले न्यूनतम ३० रुपियाँदेखि अधिकतम ५२ रुपियाँ बोनसदर पाउनेछन् । कम्पनीका अनुसार ‘नवीन आजीवन जीवन बीमालेख’अन्तर्गत बिमितले न्यूनतम ३८ रुपियाँ र अधिकतम ८० रुपियाँसम्म बोनसदर पाउने छन् । यता, कम्पनीले ‘१५ वर्षे सार्थक आजीवन जीवन बीमालेख’मा ३९, ‘धनधान्य जीवन बीमालेख’मा न्यूनतम २३ र अधिकतम २५ रुपियाँ, ‘धनलक्ष्मी जीवन बीमालेख’मा २३ रुपियाँ र ‘धनञ्जय जीवन बीमालेख’मा बीमा अवधिअनुसार प्रतिवर्ष प्रतिहजार न्यूनतम २३ र अधिकतम २५ रुपियाँ बोनसदर तोकेको छ । उल्लेखित बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी, दाबी, समर्पण मूल्य, चुक्ता मूल्य तथा चालु बीमालेखमासमेत लागू हुने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार